सुदूरपश्चिम लोक–दोहोरी प्रतिष्ठानमा नयाँ नेतृत्व: भिम बिष्ट सर्वसम्मत अध्यक्ष

Image
Nisarga Hospital

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमितिको सातौँ साधारण सभा तथा तेस्रो अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मतरूपमा चयन गरेको छ। अधिवेशनबाट भिम बिष्ट अध्यक्षमा निर्वाचित भएका छन्। लोक तथा दोहोरी गीतको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा प्रभावकारी भूमिका खेल्ने उद्देश्यसहित नयाँ कार्यसमिति गठन गरिएको हो।

CP Hospital Dhangadhi

नवनिर्वाचित समितिमा वरिष्ठ उपाध्यक्ष प्रेम विवश चन्द, प्रथम उपाध्यक्ष सुरज शाह, द्वितीय उपाध्यक्ष लिलाधर भट्ट, महिला उपाध्यक्ष सरस्वती दाहाल रहेका छन्। त्यस्तै सचिवमा लोकप्रसाद खनाल, महिला सचिवमा सरिता कठायत, कोषाध्यक्ष नवीन साउद, सहसचिव प्रभुराज पाण्डे, सहकोषाध्यक्ष दुर्गादेवी सापकोटा तथा मनोनीत सहसचिवमा बल बोगटी चयन भएका छन्।

Attariya Hospital

सदस्यहरूमा शान्ति फुलारा, निर्मला पौडेल जोशी भण्डारी, कृष्णा सिराडी, रमेश सिंह भण्डारी, सुरेश चन्द, अनिता बिष्ट, गोपालबहादुर बुढा, भीमबहादुर बिष्ट, गौरी ओझा, गणेश सुनार, डबल ताडी र सुरेन्द्र ताम्राकारले जिम्मेवारी पाएका छन्।

nawajiwan

अध्यक्ष भिम बिष्टले सुदूरपश्चिमको लोक तथा दोहोरी संस्कृति जोगाउने र कलाकारलाई सशक्त प्लेटफर्म प्रदान गर्ने द्रिढ़ प्रतिबद्धता व्यक्त गरे। उनले प्रदेशभरका कलाकारलाई एकताबद्ध गर्दै राष्ट्रिय स्तरमा सुदूरपश्चिमेली पहिचानलाई थप मजबुत बनाउने योजना अघि सार्ने बताए। नयाँ नेतृत्व चयनसँगै क्षेत्रमा सांगीतिक गतिविधि थप गतिशील हुने अपेक्षा गरिएको छ।