कैलालीको अत्तरियामा नेपाल कम्युनिस्ट पार्टीको एकता सन्देश सभा: पार्टी एक नम्बर बन्ने लक्ष्य

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको अत्तरियामा नेपाल कम्युनिस्ट पार्टी (नेकपाले) सोमबार नगर स्तरीय एकता सन्देश सभा आयोजना गरेको छ। कार्यक्रममा प्रमुख अतिथि डा. भीम रावलले पूर्व प्रधानमन्त्री केपी ओलीको दम्भ र घमन्डले देश खरानी बनेको बताए। उनले २०७३ भदौ २३ को आन्दोलनमा युवामाथि गोली चलाइएको र सरकारको निरङ्कुश चरित्रले आक्रोश फैलाएको स्मरण गराए।

CP Hospital Dhangadhi

रावलले सुदूरपश्चिमका ठुला विकास आयोजना आफ्नो कार्यकालमा सुरु भएको, बजेट पहिलोपटक १४ प्रतिशत पाएको र सेती लोकमार्ग, रानी जमरा कुलरीया सिचाइ तथा सेती जलविद्युत आयोजना सुरु भएको बताए।

Attariya Hospital

कार्यक्रममा कृष्ण राज सुवेदीले गोदावरीमा नेकपा सबैभन्दा ठुलो दल बन्ने दाबी गरे भने नेतृ चुन कुमारी चौधरीले भ्रष्टाचारविरुद्धको अभियानमा आफूले ५ वर्षमा कुनै अनियमितता नगरेको स्मरण गराउँदै पार्टीलाई सुदूरपश्चिमको एक नम्बर बनाउन कसैले रोक्न नसक्ने बताए।

nawajiwan

सभामा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले सम्बोधन गरेका थिए। एमाले लगायत अन्य पार्टी परित्याग गरेर नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका ६ जनालाई रावलले टिका माला लगाएर स्वागत गरे।