नेपालकै सबैभन्दा लामो ‘चिसापानी–राजकाँडा केबलकार’ आगामी वैशाखमै सञ्चालनको तयारी

Image
Nisarga Hospital

धनगढी : कैलालीको चिसापानीमा गत पुसमा शिलान्यास गरिएको चिसापानी–राजकाँडा केबलकार परियोजना तीव्र गतिमा अघि बढिरहेको छ। जाल्पादेवी केबलकार कम्पनीका अनुसार आगामी ०८३ वैशाखसम्म पहिलो चरण पूरा गरेर केबलकार सञ्चालनमा ल्याउने तयारी छ। हाल कार्यालय भवन निर्माण सकिएको छ भने आवश्यक १४ टावरमध्ये ७ टावर निर्माण भइसकेका छन्। तल–माथिका दुवै स्टेशनको काम पनि ५० प्रतिशतभन्दा बढी सम्पन्न भएको कम्पनीले जनाएको छ।

CP Hospital Dhangadhi

व्यवसायी चन्द्रप्रसाद ढकाल र सूर्यबहादुर थापाको करीब सात अर्बको संयुक्त लगानीमा निर्माण भइरहेको यो परियोजना दुई वर्षभित्र पूर्णरूपमा सम्पन्न गर्ने लक्ष्यसहित अघि बढेको हो। दोस्रो चरणमा ५ तारे होटल, क्यासिनो, फनपार्क र अन्य पूर्वाधार निर्माण गरिने सञ्चालक थापाले बताए।

Attariya Hospital

नेपालकै ३.१ किलोमिटर सबैभन्दा लामो केबलकार मानिने यो परियोजना चिसापानी–राजकाँडा जोड्ने छ। चुरे क्षेत्रको अग्लो राजकाँडामा ५ तारे होटल, १,००० क्षमताको बेबी पार्क, शिशाको पुल, सेमिनार हल र प्राकृतिक चिकित्सा केन्द्रसमेत निर्माण हुँदैछ। चिसापानीतर्फ ३ तारे होटल, १,००० क्षमताको बैंक्वेट हल र क्यासिनो निर्माण तयारीमा छ।

nawajiwan

राजकाँडाबाट अपि, साइपाल, काञ्जिरोवा, ओम् पर्वतलगायत हिमश्रृंखलादेखि तराईका फाँट, कर्णाली पुल र सुन्दर दृष्यावलोकन गर्न मिल्नेछ। परियोजनाले सुदूरपश्चिमको पर्यटन र अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। केबलकार आम्दानीको २ प्रतिशत स्थानीय सरकारलाई रोयल्टी दिइने र सयौंलाई रोजगारी सिर्जना हुने कम्पनीले जनाएको छ।