
कैलालीको अत्तरियामा रहेको सत्यवती एकेडेमी आफ्नो पहिलो सत्यवती छात्र फुटबल कप २०८२ आयोजना गर्न लागेको छ। कक्षा ६ सम्मका विद्यार्थीहरूका लागि आयोजना हुने प्रतियोगितामा विभिन्न विद्यालयका टिमहरू सहभागी हुनेछन्। खेल सत्यवती फुटबल मैदानमा सम्पन्न हुने छ। प्रतियोगितामा विद्यार्थीहरूको खेलकुदमा रुचि र अनुशासनलाई प्राथमिकता दिइएको छ।

टिम दर्ता अन्तिम मिति २०८२/०८/२४, जबकि टाइम्सेट र ट्रफी सार्वजनिक गर्ने मिति २०८२/०८/२७ तोकिएको छ। प्रतियोगिता २०८२/०८/२९ बाट सुरु हुनेछ। प्रत्येक टिमले रु २००० दर्ता शुल्क बुझाउनु पर्नेछ। विजेतालाई रु ३०,००० पुरस्कार, ट्रफी र मेडल प्रदान गरिनेछ भने द्वितीयलाई रु १०,००० पुरस्कार तथा मेडल, र उत्कृष्ट खेलाडी तथा गोलकर्ता समेत सम्मानित हुनेछन्।
खेलमा प्रत्येक विद्यालयबाट १४ खेलाडी दर्ता हुन सक्नेछन्। खेल FIFA नियम अनुसार १५/१५ मिनेट हाफका साथ संचालन हुनेछ। खेलकुदका दौरान खेलाडीहरूको अनुशासन, विद्यालयको IEMIS नम्बर दर्ता, खेल सामग्रीको प्रयोग र अन्य नियम पालनामा विशेष ध्यान दिनुपर्नेछ। आयोजकले खेलमार्फत विद्यार्थीहरूमा फुटबलप्रति रुचि जगाउने र विद्युतीय उपकरणको दुरुपयोग कम गर्ने उद्देश्य राखेको छ।
खेल संयोजक सन्तोष कार्कीले भने, “हामी विद्यार्थीहरूलाई खेलकुदमार्फत अनुशासन र टीम भावना सिकाउन चाहन्छौं। साथै प्रतिस्पर्धात्मक खेलकुदले विद्यार्थीको आत्मविश्वास बढाउँछ।”
प्रतियोगिता विजेता टोलीले विद्यालयको फुटबल प्रतिष्ठा बढाउने अवसर पाउनेछ भने विद्यार्थीहरूलाई पनि खेलकुदमा अझ सक्रिय र जागरूक बन्न प्रेरणा मिल्नेछ।
सत्यवती एकेडेमीका संचालक बिर बहादुर कडायतका अनुसार, विद्यार्थीहरूले खेल खेलेर अनुशासन, टीम भावना र आत्मविश्वास विकास गर्ने अवसर पाउनेछन्। खेलकुदमा सहभागी हुनुले शारीरिक स्वास्थ्य सुधार हुने, विद्यालयको नाम र प्रतिष्ठा बढाउने साथै विद्युतीय उपकरणको दुरुपयोग कम गर्ने फाइदा पनि हुन्छ। विद्यार्थीहरूले प्रतिस्पर्धात्मक अनुभवले सामाजिक कौशल, नेतृत्व क्षमता र सहकार्य सिक्नेछन्। यसले विद्यार्थीहरूमा खेलप्रति रुचि जगाउँछ र उनीहरूलाई सक्रिय र जागरूक बनाउने बताएका छन ।





























