दार्चुला–कालापानी केन्द्रित ४.३ रेक्टरस्केलको भूकम्प, पश्चिमी नेपालमा साना भूकम्पको क्रम जारी

Image
Nisarga Hospital

दार्चुलाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास राति ९:२४ बजे ४.३ रेक्टरस्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार, भूकम्पको केन्द्रबिन्दु दार्चुला रहेको थियो। यसअघि सोमबार साँझ बाजुराको मार्तडी आसपास ३.३ रेक्टरस्केलको भूकम्प गएको थियो।

CP Hospital Dhangadhi

पछिल्लो समय नेपालका पश्चिमी क्षेत्रमा साना भूकम्पको घटना लगातार देखिएको छ। नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा साना र मध्यम भूकम्प हुने क्रम चलिरहन्छ। विशेषज्ञहरूले चेतावनी दिएका छन् कि यस्ता साना भूकम्पले स्थानीय जनजीवनमा सामान्य प्रभाव मात्र पार्छन्, तर संरचनागत सुरक्षा जाँच आवश्यक छ।

Attariya Hospital

स्थानीय बासिन्दाले ठूलो क्षति नभएको र सामान्य त्रास मात्रै अनुभव भएको बताएका छन्। भू–गर्भीय अनुसन्धानकर्ताहरूले भने, पश्चिमी नेपालमा साना भूकम्पको क्रम केही समय जारी रहन सक्ने बताएका छन्।

nawajiwan