रुख कटान रोकिँदा दैजीछेला औद्योगिक क्षेत्र अलपत्र, पहुँच मार्ग मात्र तीव्र गतिमा

Image
Nisarga Hospital

दैजीछेला औद्योगिक क्षेत्र स्थापनाको काम रुख कटान नहुँदा लामो समयदेखि अलपत्र परेको छ। बेदकोट नगरपालिका–२ र ३ को वनक्षेत्रमा उद्योग स्थापना गर्ने योजना बने पनि झन्डै २५ हजार रुख काट्न अनुमति नपाएको कारण काम अघि बढ्न सकेको छैन। वडाध्यक्ष नरेशबहादुर सिंहका अनुसार रुख गणना र छपानको काम सकिए पनि कटान अनुमति नआउँदा निर्माण रोकिएको हो।

CP Hospital Dhangadhi

डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी सुवास कुँवरले रुख कटानका लागि आवश्यक प्रतिवेदन रायसुझावसहित मन्त्रालयमा पठाइसकिएको बताए। नापी कार्यालयले १३६.५९ हेक्टर वनक्षेत्र औद्योगिक क्षेत्र विस्तारका लागि प्रमाणित गरिसकेको छ। २०७२ सालमै मन्त्रिपरिषद्ले दैजीमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरे पनि जेनजी आन्दोलनपछि प्रक्रिया अघि बढ्न सकेको छैन।

यता, औद्योगिक क्षेत्र निर्माण रोकिए पनि सात करोड लागतमा भइरहेको पहुँच मार्ग कालोपत्रे अन्तिम चरणमा पुगेको बेदकोट नगरप्रमुख भोजराज बोहोराले जानकारी दिए। हाल ३.५ किलोमिटर कालोपत्रे सकिएको र बाँकी भाग प्रक्रियामा रहेको निर्माण व्यवसायी ब्रिज चन्दले बताए।

औद्योगिक क्षेत्र ठप्प हुँदा स्थानीय निराश छन्। परियोजना अघि बढे हजारौँलाई रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।