
आसन्न प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस कैलालीले जिल्लाका पाँचै क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरू सर्वसम्मत रूपमा सिफारिस गरेको छ। फागुनमा हुने प्रतिनिधि सभा र माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि तल्लो तहबाट प्राप्त नामावली जिल्ला सचिव नृप सुनारले सार्वजनिक गरेका हुन्। उनका अनुसार पार्टी विधान र केन्द्रको परिपत्रअनुसार क्षेत्रीय कार्यसमितिहरूले उम्मेदवारको नाम सिफारिस गरी पठाएका हुन्।

क्षेत्र नं. १ मा प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ तप्तराज जोशी, जनकराज चौधरी, बुद्धिसागर चौधरी, डा. रणबहादुर रावल र पूर्वमन्त्री रामजनम चौधरीको नाम परेका छन्। समानुपातिकतर्फ उमाकुमारी वादी, केशरीकुमारी रावल, धिरज रेग्मी, दीर्घबहादुर रावल, वीरबहादुर हमाल, राजेशकुमार टमटा र सुशीला स्वार सिफारिस भए। राष्ट्रिय सभातर्फ जगन्नाथ रिमाल, नीरबहादुर खड्का र फकिरसिंह कडायत सिफारिसमा परे।
क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ कृष्णराज पाण्डेय, घनश्याम जोशी, विजयबहादुर स्वार, हिमबहादुर रावल, गोपालबहादुर बमसहित दस जना सिफारिस भए। समानुपातिकतर्फ शिवा थापा, टीका चौधरी, सुमन सञ्जेल, रिता चौधरीलगायत ११ जनाको नाम परेको छ। राष्ट्रिय सभातर्फ जनकबहादुर बम, मोहनसिंह राठौर, अम्बिकाकुमारी भट्टराईलगायत सात जना सिफारिस भए।
क्षेत्र नं. ३ मा प्रत्यक्षका लागि खेमराज चौधरी, भीम बडुवाल, अविनाश चौधरी र झंकर शाह परे। समानुपातिकमा रिता चौधरी, रामकुमारी चौधरी र सम्झना खत्री तथा राष्ट्रिय सभातर्फ रामचरण चौधरी र कलावती शाहको नाम सिफारिस भएको छ।
क्षेत्र नं. ४ मा प्रत्यक्षतर्फ वीरबहादुर बलायर, दिनेशराज जोशी, विजयबहादुर कुँवर, लोकराज पाण्डेय ‘आगो’सहित सात जना सिफारिस भए। समानुपातिकमा यज्ञनिधि कोइराला, जानकी पाल, खडकसिंह बडैला आदि परे। राष्ट्रिय सभाका लागि डा. लक्ष्मीराज पाठक, गजेन्द्र पन्त र हिरा भट्ट मनोनयन सूचीमा छन्।
क्षेत्र नं. ५ मा प्रत्यक्षतर्फ डा. आरजु राणा देउवा, नारायण शाह ‘मनु’, क्षितिज भण्डारी, डिल्लीराज पन्त र नृप वडको नाम सिफारिस भएको छ। समानुपातिकतर्फ डा. जीवन राना, गौरीकुमारी लामा, सुशीला मिश्र भट्टलगायत ११ जना परेका छन्। राष्ट्रिय सभातर्फ रिता भण्डारी, हरिश खड्का र रामचन्द्र ओझा सिफारिसमा परेका छन्।




























