डडेल्धुराबाट काठमाडौं जाँदै गरेको बस दाङमा दु!र्घटना, २२ घा!इते

Image
Nisarga Hospital

डडेलधुराबाट काठमाडौं जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहीवार बिहान दाङको लमही नगरपालिका–१ कौडियापुलस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटनाग्रस्त भएको छ।

CP Hospital Dhangadhi

दुर्घटनामा ३८ सवारमध्ये २२ जना घाइते भएका छन्। घटना लगत्तै वडा प्रहरी कार्यालय लमहीबाट खटिएको टोलीले घाइतेहरूलाई उद्धार गरी लमही अस्पतालमा पठाएको थियो।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशन राज पाण्डेयका अनुसार घाइतेहरूको अहिले अस्पतालमा उपचार भइरहेको छ। प्रारम्भिक अनुमानअनुसार बसको पट्टा भाँचिएर दुर्घटना भएको हुनसक्ने बताइएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

प्रहरी अनुसन्धान जारी छ र सडक सुरक्षाका लागि आवश्यक कदम चालिनेछ। दुर्घटनापछि राजमार्गमा ट्राफिक सञ्चालन सामान्य भएको छ। यस दुर्घटनाले यात्रुहरूको सुरक्षा र सार्वजनिक यातायातमा सर्तकता आवश्यक रहेको याद दिलाएको छ।

Dhnagadhi & Krishanapur