
कैलालीको राजपुर नजिकै बोलेरोले स्कुटीलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकामध्ये एक जनाको अवस्था अत्यन्तै गम्भीर रहेको छ भने दुई जनाको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ।

घाइते हुनेमा टिकापुर घर भई हाल धनगढीको तारानगर बस्दै आएकी १६ वर्षीया नेहा अधिकारी, टिकापुर घर भई हाल अत्तरिया बस्दै आएका ४४ वर्षीय सेवराज शर्मा र उनकी १३ वर्षीया छोरी नीति शर्मा रहेका छन्। दुर्घटनापछि उनीहरूलाई तत्काल उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा भर्ना गरिएको छ।
अस्पतालका पीआर म्यानेजर जगत महताका अनुसार एक जना घाइतेको अवस्था गम्भीर भएकाले विशेष निगरानीमा उपचार भइरहेको छ भने अन्य दुई जनाको अवस्था मिडियम खालको रहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।




























