
शार्दूलविक्रीडित छन्दमा
1. ontology
यदि तपाईंको ontology यस्तो छ भने: (If your ontology is like this you are a qualitative researcher)
हुन्नन् सत्य समानका सबतिरै यो भिन्न भिन्नै हुने
(Reality is different to different people)
मान्छेका मनका विचार जति छन् ती भिन्न हुन्छन् बुझे
(Individuals have different beliefs and opinions)
जो होलान् जन खोजभित्र रहने सुन्दै उनैका कथा
(Listening to the participants’ lived experiences)
सारा ती अभिव्यक्तिभित्र म बिनूँ हुन्छन् बढी सत्यता
( I arrive at multiple reality)
2. Epistemology
यदि तपाईंको epistemology यस्तो छ भने: (If your epistemology is like this, you are a qualitative researcher)
मान्छेका मनभित्रका कथन हुन् ती ज्ञानका स्रोत नै (
Knowledge is underpinned in participants’ stories)
त्यस्ता ज्ञान अमूल्य छन् भुवनमा भिन्नै हुने हो सधैँ
(There are valuable but multiple knowledge)
साक्षात्कार गरी तिनैसँग बुझी यो ज्ञानको कर्ममा
(I find out them in course of my study)
मेरा ज्ञान मिसाउँदै म गरुँला निर्माण नौलो यहाँ
(And mix my own knowledge to create new knowledge)
3. Axiology
यदि तपाईंको axiology यस्तो छ भने: (If your axiology is like this, you are a qualitative researcher)
थोरै ती जनमा म धुत्दछु कुरा हुन्छन् सबै मूल्यका
(I derive information from a few)
ती व्यक्ति जति छन् म राख्छु सबमा सम्मान सम्मानमा
(I recognize them equally)
हुन्छन् ती सब मूल्यवान जहिल्यै गर्दा म अन्वेषण
(In my study each idea is valuable)
छुट्दैनन् गणना विचार यिनका गर्नेछु विश्लेषण
(And I involve them individually while analyzing my data)


प्रा. डा. मन प्रसाद वाग्ले
काठमाडौँ विश्वविद्यालय

































