गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति नियुक्ति अझै अनिश्चित, तेस्रो पटक दरखास्त आह्वान

Image
Geta Medical
Nisarga Hospital

कैलालीको गेटास्थित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि तेस्रो पटक पुनः दरखास्त आह्वान गरिएको छ। यसअघि दुई पटकसम्म आवेदन माग्दा पनि योग्य उम्मेदवारबाट कुनै पनि दरखास्त नपरेपछि मन्त्रालयले पुनः आवेदन खुला गरेको हो।

CP Hospital Dhangadhi

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो पटक कात्तिक १६ गते १५ दिनको समयसीमा तोकेर उपकुलपति नियुक्तिका लागि आवेदन आह्वान गरेको थियो। तर उक्त अवधिभर एकजनाबाट पनि आवेदन नआएपछि मन्त्रालयले पाँच दिनको छोटो म्याद राख्दै दोस्रो पटक पुनः दरखास्त मागेको थियो। दोस्रो चरणको आवेदन म्याद मङ्सिर ५ गते सकिएको भए पनि यसपटक पनि अपेक्षित आवेदन प्राप्त हुन सकेन।

Attariya Hospital

विश्वविद्यालय स्थापनापछि उपकुलपति नियुक्ति गरी शैक्षिक, प्रशासनिक तथा संरचनागत कामलाई तीव्रता दिनुपर्ने अवस्थामा नेतृत्व चयनमा ढिलाइ हुँदा विश्वविद्यालयको कार्यसम्पादन प्रभावित हुने चिन्ता बढ्दै गएको छ। यतिबेलासम्म उपकुलपति नियुक्त भई कार्यस्थलमा पुगिसक्नुपर्ने समय बितिसक्दा पनि तेस्रो पटक आवेदन आह्वान हुनुले नियुक्ति प्रक्रिया अझै अनिश्चित बनेको देखिन्छ।

nawajiwan