सुनले तोड्यो नयाँ रेकर्डः सुनचाँदी किन्न भनि बजार जादै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ उचाइ छोएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ लाख ६० हजार ७०० रुपैयाँ पुगेको हो। अघिल्लो दिन आइतबार सुन तोलामा २ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यसरी एकै दिनमा सुनको मूल्य १ हजार ९ सय रुपैयाँले बढेको छ।

CP Hospital Dhangadhi

लगातारको मूल्यवृद्धिले गहना व्यवसायी र उपभोक्तामा चासो बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएसँगै त्यसको प्रभाव प्रत्यक्ष रूपमा नेपाली बजारमा परेको महासंघले जनाएको छ। विश्व बजारमा आर्थिक अनिश्चितता, लगानीकर्ताको सुरक्षित सम्पत्तितर्फ आकर्षण तथा डलरको उतारचढावका कारण सुनको मूल्य उकालो लागेको विश्लेषण गरिएको छ।

यस्तै, चाँदीको मूल्य पनि सोमबार बढेको छ। आइतबार तोलामा ३ हजार ८३५ रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार ३ हजार ८७० रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारकै प्रभावले चाँदीको मूल्यमा पनि वृद्धि भएको महासंघको भनाइ छ।