प्रथम सत्यवती छात्र फुटबल कपको पहिलो दिन आठ खेल सम्पन्न, यस्तो रह्यो आजको नतिजा

Image
Nisarga Hospital

आज देखि सुरु भएको सत्यवती एकेडेमीको आयोजनामा सम्पन्न खेलकुद प्रतियोगितामा रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ। विभिन्न टिमबीच भएको खेलमा उत्साहजनक नतिजा आएका छन्। पहिलो खेलमा सत्यवती मावि र समैजी माविबीचको प्रतिस्पर्धामा सम्झो माविले २–० को जित निकाल्दै उत्कृष्ट सुरुवात गर्‍यो। उक्त खेलमा अनिश नेपाली ‘प्लेयर अफ द म्याच’ घोषित भए।

CP Hospital Dhangadhi

दोस्रो खेलमा लोटस आईले विद्याभूषणलाई २–० ले पराजित गर्‍यो भने प्रिन्स नगरी उत्कृष्ट खेलाडी बने। तेस्रो खेलमा दुर्गा ज्योति विजयी रहँदा खेल निकै प्रतिस्पर्धात्मक रह्यो। चौथो खेलमा एरिस्टोले ३–० को फराकिलो जित निकाल्दै सक्षम पाठशाला लाई फाराकिलो नजिता निकाल्यो जहाँ उमेश कुवर ‘प्लेयर अफ द म्याच’ बने।

पाँचौँ खेलमा सनलाइटले ज्ञानज्योतीलाई टाइब्रेकमार्फत हरायो। जस्मा प्लेयर अफ द म्याच अमित लुहार घोसित भए । छैटौँ खेलमा पुष्पाञ्जलीले ज्ञानदीपलाई ३–१ ले पराजित गर्‍यो। जस्मा प्लेयर अफ द म्याच हिमान्स भट्ट बने ।

तेसै गरी सातौँ खेलमा दुर्गा भवानी विजयी बन्यो जस्मा प्लेयर अफ द म्याच सन्तोष बिष्ट बनेका थिुए । आजको अन्तिम खेल तथा आठौ खेलमा साधना पाठशालाले जनकल्याणलाई २–० को जित हात पार्‍यो।  जस्मा प्लेयर अफ द म्याच लिलम साउद बने ।

समग्रमा, आजका खेलहरूले खेलाडीको क्षमता, अनुशासन र प्रतिस्पर्धात्मक भावना प्रष्ट देखाएको आयोजकले जनाएको छ।

सम्बन्धित समाचार

कैलालीको अत्तरियामा प्रथम सत्यवती छात्र फुटबल कप २०८२ सुरु