दार्चुलाको मार्मा–भसेमा जिप दु!र्घटना, एकको ज्या’न गयो, चालक घा’इते

Image
Nisarga Hospital

दार्चुलाको मार्मा गाउँपालिका–३ भसे क्षेत्रमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति करिब ९ बजे लटिनाथबाट शेरीतर्फ जाँदै गरेको सुपप्र ०१००१ च २६०४ नम्बरको जिप भैसे भन्ने स्थानमा अनियन्त्रित भई दुर्घटनामा परेको हो।

CP Hospital Dhangadhi

दुर्घटनामा परी मार्मा गाउँपालिका–६ निवासी केशवराज जोशीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जिपका चालक माधव महरा घाइते भएका छन्। घाइते महराको लटिनाथ स्वास्थ्यचौकीमा उपचार भइरहेको छ र अवस्था सामान्य रहेको बताइएको छ।

Attariya Hospital

प्रहरीका अनुसार चालकसहित दुई जनामात्र सवार उक्त जिप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ। स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य सम्पन्न गरिएको थियो।

nawajiwan