
बझाडका पत्रकाहरुलाइ पहिलो पटक विज्ञान लेखन सम्वन्धी ३ दिने तालिम सम्पन्न भएको छ । बझाङका पत्रकारहरुलाई समाचार वा अन्य समग्रीको बैज्ञानिकता र तथ्य जाच र सत्य तथ्य कुरा जनताले बुझने गरी सरल नेपाली भाषामा सम्प्रेशण गर्न सक्ने बनाउने उद्देश्यले तालिमको आयोजना भएको थियोे । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्ट काठमाण्डौको आयोजनामा पुस ७ गते देखि सरदमुकाम चैनपुरमा सुरु भएको तालिम एक कार्यक्रमका बिच सम्पन्न भएको हो ।

समापन कार्यक्रममा बोल्दै नाष्टका मुख्य प्रवर्धन अधिकृत तथा प्रचार महाशाखा प्रमुख लुना ब्रजले समापन कायृक्रममा बोल्दै पत्रकारले सत्य तथ्य समाचार सम्प्ेषण गरेर बिज्ञान र समुदायको बिचको पुलको काम गर्नेमा आफुले बिश्वास लिएको बताउनुभयो । विकसित विज्ञान र प्रविधिको समयमा विज्ञान पत्रकारिताको अति आवश्यक भएकाले तालिम आयोजना गरिएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का मुख्य वैज्ञानिक अधिकृत डा. भोजराज पन्तले बताउनुभयो । नास्टले जैविक स्रोत, पर्यावरण, भौतिक तथा प्राकृतिक, सौर्य, जैविक र वायु ऊर्जा, अन्तरिक्ष लगायतमा अनुसन्धान गर्ने भएकाले विज्ञान पत्रकारिताको आवश्यक भएको डा. पन्तको भनाइ छ ।

विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान का मुख्य वैज्ञानिक अधिकृत डाक्टर भोजराज पन्तको सभा अध्यक्षतामा सूरु भएको पत्रकारहरूको तालिम उद्घाटनमा प्रमुख अतिथि जयपृथ्वी नगरपालिका प्रमुख चेतराज वजाल, संविधान सभा सदस्य चन्द्रा जोशी , जिल्ला समन्वय समिति उपप्रमुख कृष्ण विष्ट , सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशी , नागरिक समाजका अगुवा दिर्घराज उपाध्याय, पत्रकार महासङ्घका अध्यक्ष डिवी विष्ट, शिक्षा समन्वय प्रमुख सुरेन्द्र कठायत , पत्रकार लागएतको उपस्थिती रहेको थियो । उद्रघाटन कार्यक्रममा बोल्ने बक्ताहरुले सत्य तथ्यमा आधारित समाचारसंगै समृद्व समाज निर्माणका लागि तालिमले सहयोग पुर्याउनेमा जोड दिएका थिए । उनीहरूले प्रविधिको विकास सँगै पत्रकारहरूले पनि आफ्नो क्षमता विकासमा जोड दिदै विषयगत ज्ञान हासिल गर्नका लागि इच्छुक हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा पत्रकारलाई विज्ञान तथा प्रविधि पत्रकारिता, विज्ञानको महत्व सम्वन्धी समाचार लेखन, पत्रकारिता मार्फत विज्ञानको बारेमा सर्वसाधारणलाई जानकारी गराउने, वास्तविक तथ्यपरक र सत्य अनि सन्तुलित समाचार लेखन, विज्ञान सञ्चारको आधारभुत अवधारणा, पत्रकारहरुको दृष्टिकोण लगायतका विषयमा बरिष्ट पत्रकार प्रशिक्षक डाक्टर प्रयन पोखरेल र खोज पत्रकार अरुण कार्कीले सहजीकरण गर्नुभएको थियो । पत्रकारहरुले तालिमले विज्ञान पत्रकारितामा थप अब्बल बनाउँदै डिजिटल युगमा पत्रकारिताको महत्वलाई थप दर्शाउन यो तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । नाष्टका पदाधिकारीहरूले कार्यक्रमका अतिथिहरुलाइ मायाको चिनो सहित पत्रकारलाइ प्रमाण पत्र प्रदान गरीएको थियो ।






























