डडेल्धुरामा यसपटक देउवासँग चुनाव नलड्ने भए खगराज भट्ट !

Image
Nisarga Hospital

डडेल्धुरा: नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता खगराज भट्ट प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्। बिहीवार बसेको नेकपा डडेल्धुराको बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूहरूको नाम सिफारिस गरेको छ। जसमा भट्ट नाम समावेश छैन।

CP Hospital Dhangadhi

यससँगै भट्टले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवावि’रुद्ध चुनाव नलड्ने पक्का भएको हो। अहिले भट्ट सुदूरपश्चिम प्रदेशसभा सदस्य छन्। धेरैले आगामी चुनावमा नेकपाबाट भट्ट उम्मेदवार बन्ने आँकलन गरेका थिए। तर अब उनी प्रदेशसभा सदस्य नै रहन चाहेको बुझिन्छ।

नेकपा डडेल्धुरा बैठकको निर्णयअनुसार प्रत्यक्षमा महिलातर्फ निरादेवी जैरु, खुल्लातर्फ मानसिंह माल (क्रान्ति) र अनिल बोहरा तथा जेन्जी तर्फबाट मुकुन्द भट्टको नाम सर्वसम्मतरूपमा सिफारिस गरिएको छ।