ज्येष्ठ नागरिक दिवस : सम्मान, संरक्षण र सहभागिताको पर्व

Image
Nisarga Hospital

‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ आज नेपालभर विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ।

CP Hospital Dhangadhi

ज्येष्ठ नागरिकको हक, हित र अधिकारको संरक्षण गर्दै उनीहरूको सम्मान, सुरक्षा र सहभागिता प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो दिवस मनाइन्छ। २०५१ साल पुस ११ गते सुरु भएको ज्येष्ठ सामाजिक सुरक्षा भत्ताको स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाइन्छ। जीवनभरका त्याग, सेवा र योगदानले समाजमा अमूल्य सम्पत्ति सिर्जना गरेका ज्येष्ठ नागरिकप्रति हाम्रो कर्तव्य, जिम्मेवारी र आदरभाव पुनः स्मरण हुन्छ।

नेपालको संविधान र ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ ले स्वास्थ्य सेवा, सम्मानजनक जीवन र सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गरेको छ। २०७८ अनुसार २९ लाख ७७ हजार ३ सय १८ ज्येष्ठ नागरिक छन्, जसमा महिला १५ लाख ४३ हजार ९ सय ७ जना छन्। हाल प्रत्येक ज्येष्ठ नागरिकले मासिक चार हजार रुपैयाँ वृद्धभत्ता पाउँछन्।

यो दिवसले समाजमा ज्येष्ठ नागरिकको योगदान, गरिमा र सुरक्षा सुनिश्चित गर्न सबैको साझा जिम्मेवारीलाई जोड दिन्छ।