बिणा विद्या मन्दिर माध्यामिक विद्यालयको २३औँ अभिभावक भेलाः चक्र बोगटी पुनः अध्यक्ष चयन

Image
Nisarga Hospital

बिणा विद्या मन्दिर माध्यामिक विद्यालयको २३औँ अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः चक्र बोगटीलाई चयन गरेको छ। विद्यालय व्यवस्थापन समितिको सदस्यमा यकम बहादुर छेडाल, दान बहादुर कुवँर, खड्ग रावत, महेश्वरी बोहरा र पुष्पा साउँदलाई चयन गरिएको छ। समितिको सदस्य सचिवमा प्रधानाध्यापक दल बहादुर बोगटी र शिक्षक प्रतिनिधिमा शेर बहादुर बडैला चयन भएका छन्।

CP Hospital Dhangadhi

विद्यालय २०६२ सालमा ५ जना विद्यार्थीको उपस्थितिमा एउटा सानो टहराबाट सुरु भएको थियो। आज यसमा ६ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् र सुविधा सम्पन्न ६ वटा भवन रहेका छन्।

nawajiwan
Attariya Hospital

२३औँ अभिभावक भेलाको अध्यक्षता अध्यक्ष चक्र बोगटीले गरेका थिए। कार्यक्रममा समाजसेवी सुरत बहादुर रावत, वीरबहादुर साउँद, दान बहादुर कुवँर र यकम छेडालले शुभकामना मन्तव्य व्यक्त गरे। विद्यालयका प्रधानाध्यापक दल बहादुर बोगटीले सहभागीहरूलाई स्वागत गरे भने कार्यक्रमको सञ्चालन शिक्षक शेर बहादुर बडैलाले गरेका थिए।

भेलाले विद्यालयको विकास, शिक्षा गुणस्तर वृद्धिमा साझा जिम्मेवारी र अभिभावक–शिक्षकबीच सहकार्यको महत्वलाई पुनः पुष्टि गरेको छ। आगामी कार्यकालमा विद्यालय व्यवस्थापन समितिले विद्यार्थीहरूको उज्जवल भविष्य निर्माणमा केन्द्रित हुने अपेक्षा गरिएको छ।