तीन महिनापछि फेरि एकैठाउँमा रेसम–रञ्जिता, नागरिक उन्मुक्ति पार्टीमा राजनीतिक मिलाप

Image
Nisarga Hospital

रेसम चौधरी दम्पतीबीच फेरि राजनीतिक मिलाप हुने भएको छ। रेसम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र पत्नी रञ्जिता श्रेष्ठको नेतृत्वमा रहेको नागरिक उन्मुक्ति पार्टीबीच एकता हुने भएको हो। तीन महिनाअघि मात्रै पत्नी नेतृत्वको पार्टीबाट अलग भएर रेसमले नयाँ दल गठन गरेका थिए। पारिवारिक तथा राजनीतिक सम्बन्धमा आएको दूरीसँगै उनले भदौ २९ गते कविर सोबको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी नेपाल स्थापना गर्दै आफू संरक्षकको भूमिकामा बसेका थिए।

CP Hospital Dhangadhi

तर केही समयमै फेरि दुवै पक्ष एक ठाउँमा आउने सहमति बनेको छ। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले शनिबार दुवै दलबीच औपचारिक एकता हुने जानकारी दिइन्। ‘मैले नै पहल गरेँ, मिल्नै प¥यो,’ उनले भनिन्, ‘शनिबार पार्टी एकता हुन्छ।’

यसअघि कविर सोब नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपालले राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग चुनावी गठबन्धन गर्ने सहमति गरिसकेको थियो। एउटै चुनाव चिह्नमा निर्वाचनमा जाने निर्णय भइसकेको अवस्थामा अब रेसम चौधरीको पार्टीसँग एकता भएपछि उक्त चुनावी समीकरणको भविष्य कस्तो हुने भन्ने विषय अझै स्पष्ट भइसकेको छैन।