गोदावरी मोबाइल व्यवसायी संघको पहिलो वार्षिक साधारण सभा सम्पन्न, व्यवसायी हकहित र सामाजिक योगदानमा जोड

Image
Nisarga Hospital

कैलालीः गोदावरी नगरपालिकाभित्रका मोबाइल व्यवसायीहरुको छाता संगठन गोदावरी मोबाइल व्यवसायी संघले आफ्नो पहिलो वार्षिक साधारण सभा सम्पन्न गरेको छ। शनिबार संघका संस्थापक अध्यक्ष गंगा निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया रहिन्।

CP Hospital Dhangadhi

संघ २०८२ वैशाखमा दर्ता भए पनि प्राविधिक कारणले गर्दा ६ महिनाभित्र गर्नुपर्ने पहिलो वार्षिक साधारण सभा केही ढिला हुँदै शनिबार सम्पन्न भएको संघका कोषाध्यक्ष हंशराज तिवारीले जानकारी दिए। उनले भने, “असोजमा सभा गर्ने योजना थियो, तर जेन जी आन्दोलनका कारण ढिला भयो। संघ गोदावरीका मोबाइल व्यवसायीहरूको हकहित र पेशागत मर्यादा कायम गर्न तथा व्यवसायीबीच आपसी सहकार्य र एकता मजबुत बनाउन स्थापना गरिएको हो।”

साधारण सभामा संघको वार्षिक प्रतिवेदन सचिव सोम प्रसाद सापकोटाले प्रस्तुत गरे। उनले संघले व्यवसायी हकहितको संरक्षणसँगै विभिन्न सामाजिक कार्यमा पनि सक्रिय भूमिका खेलेको बताए। संघले अपाङ्ग बालबालिकाहरु अध्ययनरत सुप समावेशी आधारभुत विद्यालयमा खाद्यान्न वितरण, गर्मीमा चिसो पानी उपलब्ध गराउने, व्यवसायी कानुन सम्बन्धी जानकारीमूलक कार्यक्रम सञ्चालन गर्ने, साथै अत्तरियामा जारी सृजनशील गोदावरी सांस्कृतिक महोत्सवमा सहयोग गरेको जानकारी दिइयो।

nawajiwan
Attariya Hospital

गोदावरी नगरक्षेत्रभित्र करिब ६० जना व्यवसायी संघमा आबद्ध रहेको र केही अझै आवद्ध हुने प्रक्रिया जारी रहेको कोषाध्यक्ष तिवारीले बताए। कार्यक्रममा सदस्य चन्द्र सिंह धामीले स्वागत मन्तव्य व्यक्त गरे भने कार्यक्रम सञ्चालन संघका महासचिव रमेश कडेँलले गरेका थिए।

संघले पहिलो साधारण सभाबाट मात्र व्यवसायी हकहितमा काम गर्ने नभई सामाजिक उत्तरदायित्वमा पनि योगदान पु¥याउने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ।