आजको मौसमः पश्चिमी वायुको प्रभाव: तराईमा बाक्लो हुस्सु, पहाड–हिमालमा हिमपातको सम्भावना

Image
Nisarga Hospital

देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल तराईका धेरै स्थानमा बाक्लो हुस्सु लागेको छ भने गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदली रहेको छ। बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ।

CP Hospital Dhangadhi

आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो कायम रहनेछ। देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने अनुमान छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

Attariya Hospital

आज राति पनि तराईका अधिकांश स्थानमा हुस्सु रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पुनः एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने जनाइएको छ।

nawajiwan

तराई क्षेत्रमा हुस्सु तथा कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।