एमाले कैलालीद्वारा समानुपातिकतर्फ ५४ उम्मेदवार सिफारिस, विविध क्लस्टरबाट प्रतिनिधित्व

Image
Nisarga Hospital

धनगढी : नेकपा (एमाले) कैलालीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ ५४ जनाको नाम सिफारिस गरेको छ। जिल्ला कमिटीले पार्टी महासचिवको निर्देशनअनुसार विभिन्न क्लस्टर समेटेर उम्मेदवारको नाम केन्द्रमा पठाएको हो। एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुंगानाका अनुसार पार्टीभित्रको छलफल र मापदण्डका आधारमा इच्छुक उम्मेदवारहरूको नाम सिफारिस गरिएको हो।

CP Hospital Dhangadhi

सार्वजनिक सूचिअनुसार खसआर्य पुरुषतर्फ हरिशंकर योगी, खेमराज पाण्डे, जोगीसिंह विष्ट, तपेन्द्र रावल, मनराज शाही, हरिसिंह साउँद, चक्र बोहरा, पदम सिङाल, कृष्णप्रसाद मिश्र, टीकानाथ, भवानी गिरी, खडक साउँद, नन्दराज बजगाई, खडक भण्डारी, खन्टे खत्री, चिन्तामणि ढकाल र पत्रकार लिलाराज शाहीको नाम समावेश गरिएको छ।

खसआर्य महिलातर्फ कमला ओली, पवित्रा तिमिल्सेना, भागरथी विष्ट, रुकमणि देवकोटा, पत्रकार लोग्सरी कुँवर, सानु साउँद, लक्ष्मी केसी, सावित्रा घिमिरे, करुणा बम बटला, सावित्रा सापकोटा, रमा आचार्य र कमला केसी सिफारिसमा परेका छन्।

दलिततर्फ मोती मिजार, गोरेबहादुर विक, भानसिंह विक, रतन शिलाधर, बाले कामी, उज्जीर सुनार, कर्ण सुनार, धनवीर कामी, सावित्रा घिमिरे र पवित्रा ताम्राकार छन्। आदिवासी, जनजाति, थारू तथा रानाथारू क्लस्टरबाट होरीलाल चौधरीसहित १३ जनाको नाम सिफारिस गरिएको छ भने अपांगतातर्फ रामचन्द्र जोशी र यज्ञराज कापडीको नाम समावेश गरिएको एमाले कैलालीले जनाएको छ।