धनगढी उपमहानगरद्वारा जुठे दमाई छात्रवृत्ति वितरण सुरु, ५७६ दलित छात्रालाई शैक्षिक सामग्री

Image
Nisarga Hospital

धनगढी : धनगढी उपमहानगरपालिकाले दलित समुदायका छात्राहरूको शैक्षिक पहुँच र निरन्तरतामा सहयोग पुर्‍याउने उद्देश्यसहित जुठे दमाई छात्रवृत्ति वितरण सुरु गरेको छ। आइतबारदेखि वार्षिक नीति तथा कार्यक्रमअनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि उक्त छात्रवृत्ति कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो।

CP Hospital Dhangadhi

कार्यक्रमअन्तर्गत धनगढी उपमहानगरपालिका–१६ स्थित शिव माध्यमिक विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययनरत दलित छात्राहरूलाई नगर प्रमुख गोपाल हमालले शैक्षिक सामग्री वितरण गरेका छन्। उपमहानगरपालिकाका अनुसार जुठे दमाई छात्रवृत्तिमार्फत धनगढीका सामुदायिक विद्यालयमा अध्ययनरत दलित छात्राहरूलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराइनेछ, जसले विद्यालय छोड्ने दर घटाउन र अध्ययनप्रति उत्साह बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

nawajiwan

Attariya Hospital

शिक्षा महाशाखा प्रमुख घुम्मनसिंह बडायकका अनुसार चालु आर्थिक वर्षमा यस कार्यक्रमअन्तर्गत कक्षा ८ देखि १० सम्म अध्ययनरत ५७६ जना दलित छात्रालाई शैक्षिक सामग्री वितरण गरिनेछ। प्रत्येक छात्रालाई झोला, एक दर्जन कापी र एक दर्जन कलम प्रदान गरिने व्यवस्था गरिएको छ।

उपमहानगरपालिकाले शिक्षा क्षेत्रमा समावेशिता र समान अवसर सुनिश्चित गर्न यस्ता लक्षित कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।