सुदूरपश्चिम प्रदेशसभामा रास्वपाको पहिलो पाइला, डा. तारा जोशीको प्रवेशसँगै नयाँ अध्याय

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले औपचारिक प्रतिनिधित्व पाएको छ। डडेल्धुराबाट निर्वाचित स्वतन्त्र सांसद डाक्टर तारा जोशी रास्वपामा प्रवेश गरेसँगै प्रदेशसभामा पार्टीको उपस्थिती स्थापित भएको हो। यो घटनासँगै रास्वपाले प्रदेशस्तरको राजनीतिक यात्रामा नयाँ अध्याय सुरु गरेको छ।

CP Hospital Dhangadhi

डा. जोशी कुलमान घिसिङको संरक्षकत्वमा रहेको उज्यालो नेपाल पार्टी हुँदै रास्वपामा समाहित भएका हुन्। सोमबार साँझ रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता घोषणा भएसँगै उनी रास्वपाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने पहिलो सांसद बनेका छन्। यस एकताले वैकल्पिक राजनीतिलाई सुदूरपश्चिममा थप बल पुगेको विश्लेषण गरिएको छ।

Attariya Hospital

रास्वपा–उज्यालो नेपाल पार्टी एकताका लागि गठित वार्ता टोलीका संयोजकसमेत रहेका डा. जोशी लामो समयसम्म वामपन्थी राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन्। उनी डडेल्धुरामा नेकपा एमालेको नेतृत्वमा रहेर राजनीति गरेका थिए। त्यसपछि एकीकृत समाजवादी हुँदै उनी स्वतन्त्र उम्मेदवारका रूपमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

nawajiwan

विभिन्न राजनीतिक धार हुँदै हाल उज्यालो नेपाल पार्टीमार्फत रास्वपामा आएका डा. जोशीको प्रवेशलाई प्रदेशसभामा नयाँ सोच र वैकल्पिक राजनीतिक अभ्यासको संकेतका रूपमा हेरिएको छ। रास्वपाको प्रदेशसभामा उपस्थितीले सुदूरपश्चिमको राजनीतिमा नयाँ बहस र सम्भावनाको ढोका खोलेको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।