अत्तरियामा सृजनशील गोदावरी सांस्कृतिक महोत्सवको रौनक चरममा, चक्र बम र रचना रिमालले मच्चाए धमाका

Image
oplus_32
Nisarga Hospital

अत्तरियाः अत्तरियामा जारी सृजनशील गोदावरी सांस्कृतिक महोत्सव मनोरञ्जन, संगीत र संस्कृतिको संगम बनेको छ। चर्चित गायक चक्र बम र लोकप्रिय गायिका रचना रिमालको दमदार प्रस्तुतिसँगै दर्शकको उत्साहजनक सहभागिताले महोत्सवको माहोल झनै तातेको छ।

CP Hospital Dhangadhi

मंगलबार आयोजित कार्यक्रममा गायक तथा मोडल चक्र बम, गायिका रचना रिमाल, नायक प्रभात पाल ठकुरी, अमर राना लगायतका कलाकारहरूले एकपछि अर्को आकर्षक प्रस्तुति दिँदा दर्शकहरू झुम्मिएका थिए। गीत–संगीत, नृत्य र प्रस्तुतीकरणले महोत्सवस्थललाई उत्सवमय बनाएको थियो।

टिकट व्यवस्थापन संयोजक छबिन्द्रनाथ योगीका अनुसार मंगलबार (पौष १५ गते) मात्रै करिब १० हजारभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका छन्। बढ्दो दर्शक उपस्थितिले महोत्सवप्रति स्थानीय मात्र नभई आसपासका क्षेत्रका नागरिकको समेत चासो बढ्दै गएको देखिएको छ।

nawajiwan
oplus_0
Attariya Hospital

आयोजक सृजनशील युवा क्लबका अनुसार बुधबार गायक टंक तिमिल्सिना र मान जोरा, गायिका इश्बल सञ्ज्याल, डान्सर पूजा मगर तथा हास्य कलाकार अशोक कुँवरको विशेष प्रस्तुति रहनेछ। यसले महोत्सवको आकर्षण अझै बढाउने अपेक्षा गरिएको छ।

oplus_32

महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, स्थानीय उत्पादन, हस्तकला तथा कृषि प्रदर्शनी, सांस्कृतिक थारु गाउँ प्रदर्शनी, युवा उद्यमशीलता, रोजगारी र व्यवसाय प्रवर्द्धनसम्बन्धी सूचना स्टल तथा समुदायमैत्री मनोरञ्जन कार्यक्रम सञ्चालन भइरहेको आयोजकले जनाएको छ। महोत्सवले मनोरञ्जनसँगै संस्कृति संरक्षण र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।