नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्यो, उपभोक्तालाई राहत

Image
Nisarga Hospital

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलसहित हवाई इन्धनको मूल्य समायोजन गरेको हो। निगमका अनुसार प्रतिलिटर पेट्रोलमा ४ रुपैयाँ तथा डिजेल/मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले मूल्य घटाइएको छ। यससँगै यातायात, उद्योग तथा सर्वसाधारण उपभोक्तालाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।

CP Hospital Dhangadhi

त्यस्तै, हवाई इन्धनतर्फ पनि मूल्य घटाइएको छ। आन्तरिक उडानका लागि प्रयोग हुने हवाई इन्धन प्रतिलिटर ६ रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौँका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको निगमले जनाएको छ। यसले हवाई सेवा प्रदायक कम्पनीहरूको लागत घट्न सक्ने र दीर्घकालमा यात्रुहरूलाई पनि फाइदा पुग्ने अनुमान गरिएको छ।

Attariya Hospital

निगमले जारी गरेको प्रेस विज्ञप्तिमा अन्तर्राष्ट्रिय बजारमा एल.पी. ग्याँसको मूल्य बढेर आए पनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै एल.पी. ग्याँसको बिक्री मूल्य भने यथावत् राखिएको उल्लेख छ। निगमको यो निर्णयले दैनिक उपभोग्य वस्तुको मूल्य स्थिर राख्न सहयोग पुग्ने विश्वास गरिएको छ।

nawajiwan