धनगढीको नयाँ भाइरल स्पट: ‘आई लभ धनगढी’ बोर्डले शहरको मुहार चम्कायो

Image
Nisarga Hospital

सुदूरपश्चिमको प्रवेशद्वार धनगढीमा एउटा सानो तर आकर्षक संरचनाले सबैको ध्यान खिच्न सफल भएको छ। जिल्ला प्रशासन कार्यालय कैलाली नजिकै पार्किङ स्थलमा धनगढी उपमहानगरपालिकाले राखेको ‘आई लभ धनगढी’ बोर्ड अहिले शहरवासी र पर्यटकबीच भाइरल बनेको छ। दिन होस् वा रात, यहाँ फोटो खिच्न आउनेहरूको घुइँचो लाग्ने गरेको छ।

CP Hospital Dhangadhi

धनगढीको मुख्य सडक छेउमा रहेको यो रंगीन बोर्डले शहरप्रतिको प्रेम र गर्वलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्छ। युवायुवतीदेखि परिवारसम्म, सबैजना बोर्ड अगाडि उभिएर सेल्फी खिच्न उत्साहित देखिन्छन्। सोसल मिडियामा यी तस्बिरहरूले धनगढीको सकारात्मक छवि विश्वभरि फैलाएको छ।

स्थानीय बासिन्दा भन्छन्, “यो बोर्ड देख्दा मन खुसी हुन्छ। धनगढी हाम्रो शहर हो, यहाँको माया व्यक्त गर्न पाउँदा गर्व लाग्छ।” अर्का एकजना टिएन जोशी भन्छन्, “रातमा झिलिमिली बत्तीमा बोर्ड अझ सुन्दर देखिन्छ। यो स्थानले शहरको पहिचान बलियो बनाएको छ।”

nawajiwan
Attariya Hospital

उपमहानगरपालिकाको यस पहलले सानो लगानीमा ठूलो प्रभाव पार्दै स्थानीयमा शहरप्रतिको स्वामित्व र माया बढाएको छ। पर्यटकीय गन्तव्यका रूपमा समेत यो स्पटको सम्भावना छ। ‘आई लभ धनगढी’ केवल बोर्ड होइन, धनगढीवासीको हृदयको धड्कन हो, जसले शहरको सौन्दर्य र विकास यात्रामा नयाँ ऊर्जा थपेको छ।