
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा न. ३ को मालिकाटोमा रहेको श्री नवज्योती माध्यमिक विद्यालयलाई अत्तरियाको भुवन स्वीट एण्ड बेकरीका सञ्चालक भुवन महता र उहाँकी धर्मपत्नी भागरथी बिष्टबाट रु ५०,०००/ छात्रवृत्ति सहयोग गरेको छ। यस सहयोगले विद्यार्थीहरूको शिक्षा र भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको छ।

विद्यालयकी प्रधानाध्यापक बसन्ती भट्टले यस योगदानका लागि आदरणीय भुवन महता , भागरथी बिष्ट र सहजीकरण गर्ने समाजसेवी रमेश भट्टराई प्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ। आर्थिक अभाव, पारिवारिक चुनौती र कठिन परिस्थितिमा पनि विद्यार्थीहरूका सपना अधुरो नबनोस भन्ने उद्देश्यका साथ प्रदान गरिएको यो छात्रवृत्ति केवल रकम मात्र होइन, विद्यार्थीलगायत समाजप्रति गरिएको विश्वासको प्रतीक हो।


सहयोग पाउने विद्यार्थीहरूलाई प्रेरणा दिने यो अवसरले उनीहरूमा आत्मविश्वास र जिम्मेवारीको भावना जगाएको छ। विद्यालय परिवारको सन्देश छ, “कठिनाइसँग नडराउनुहोस्, परिस्थितिलाई बहाना नबनाउनुहोस्। तपाईंहरूको मेहनत र अनुशासनले भोलि समाजलाई नयाँ दिशा दिनेछ।”
भुवन महता र भागरथी बिष्टको उदारता केवल आजका लागि नभई पुस्तौँसम्म स्मरणीय रहिरहनेछ। विद्यार्थीहरूले आजको सहयोगलाई उज्यालो भविष्य निर्माणको आधार बनाउन प्रेरित गरिनु पर्छ।

































