मुख्यमन्त्रीसँग छलफलपछि सुदूरपश्चिम प्रदेशमा कर्मचारी ऐन सन्सोधनको आश्वासन

Image
Nisarga Hospital

अत्तरयाः सुदूरपश्चिम प्रदेश सरकारले ८८ पालिकाका कर्मचारीको हकहित र व्यवस्थापन ऐन सन्सोधन गर्ने प्रक्रिया अघि बढाउने आश्वासन पाएको छ। हाल हाउस चलिरहँदा नेपाल नगरपालिका संघ, प्रदेश सभापति र गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टको नेतृत्वमा, गाउँपालिका महासंघको आग्रहमा पालिका प्रमुख, जनप्रतिनिधि र अन्य सरोकारवालासँगै मुख्यमन्त्री कमलबहादुर शाह र प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीसँग भेट भएको थियो।

CP Hospital Dhangadhi

बैठकमा मुख्यमन्त्री शाहले ऐन सन्सोधन हुने विश्वास दिलाउनु भयो। यस निर्णयले कर्मचारीहरूको हकहित सुरक्षित गर्ने मात्र नभई पालिकागत व्यवस्थापनलाई पारदर्शी, प्रभावकारी र जनमुखी बनाउने अपेक्षा गरिएको छ। प्रतिनिधिहरूले ऐन संशोधनमा सबै पालिका र कर्मचारीको आवश्यकता र सुझावलाई ध्यानमा राख्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएको जानकारी गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताएका छन ।

संसोधनपछि प्रदेशका सबै पालिकामा कर्मचारी व्यवस्थापन अझ व्यवस्थित र समानुपातिक हुने विश्वास गरिएको छ।