शुक्लाफाँटा नगरपालिकाले १० लाख वार्षिक छात्रवृत्तिसहित जेहेन्दार विद्यार्थीलाई एमबीबीएस अध्ययनको अवसर प्रदान

Image
Nisarga Hospital

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालन भएको एकीकृत प्रवेश परीक्षा उत्तीर्ण पुष्पराज भट्टलाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ। नगरपालिकाको १८५औँ कार्यपालिका बैठकको निर्णयअनुसार भट्टलाई प्रत्येक वर्ष १० लाख रूपैयाँ दरले अध्ययन अवधिभर छात्रवृत्ति उपलब्ध गराइने छ।

CP Hospital Dhangadhi
Attariya Hospital

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टिकेन्द्रराज भट्टका अनुसार योग्यता क्रमको आधारमा भट्ट चयन भएका हुन्। नगरभित्र बसोबास गर्ने सामुदायिक विद्यालयका गरिब र विपन्न तर जेहेन्दार विद्यार्थीलाई चिकित्सक बनाउने उद्देश्यले यो योजना ल्याइएको हो।

छात्रवृत्ति प्राप्त गरेपछि भट्टले अध्ययन पूरा गरी नगरपालिकाले तोकेको स्वास्थ्य संस्थामा अनिवार्य चार वर्ष सेवा गर्नुपर्ने सर्त राखिएको छ। यस कार्यक्रमले नगरमा दक्ष चिकित्सक उत्पादन गरी गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

पुष्पराजले कसरौलस्थित बैजनाथ माध्यमिक विद्यालयबाट एसईइ उत्तीर्ण गरेका थिए र अब पोखरास्थित मणिपाल कलेज अफ मेडिकल साइन्सेजमा अध्ययन गर्ने तयारीमा छन्। आर्थिक सहयोगले उनका चिकित्सक बन्ने सपनालाई साकार बनाएको भट्टले खुशी व्यक्त गरेका छन्।