
कैलालीको अत्तरियामा जारी सृजनशील गोदावरी सांस्कृतिक महोत्सव आज विशेष कार्यक्रम हुँदैछ। महोत्सवमा पशुपति शर्मा, शान्ति श्री परियार, टेक बिसी र दुर्गा भट्ट लगायतका कलाकारहरूले सांगीतिक तथा नृत्य प्रस्तुति दिईने भएको छ।

मूलत: पुस ९ गतेदेखि सुरु भएको महोत्सव आज सकिनुपर्ने योजना भए पनि आयोजक न्यु सृजनशील युवा क्लब अत्तरियाले दुई दिन थप गर्दै पुस २१ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ। क्लबका अध्यक्ष नरबहादुर राईका अनुसार महोत्सवले स्थानीय कलाकारहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ।
महोत्सवले कैलालीका विभिन्न स्थानका दर्शक तथा पर्यटकलाई सांस्कृतिक विविधता अनुभव गराउने मात्र नभई क्षेत्रको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा पनि महत्वपूर्ण भूमिका खेलेको छ। आयोजकले अन्तिम दिनका लागि विशेष प्रस्तुति र सांगीतिक कार्यक्रमको तयारी पूरा गरेको बताएको छ।


सांगीतिक, नृत्य र सांस्कृतिक गतिविधिले भरिपूर्ण यो महोत्सवले अत्तरियामा सांस्कृतिक चेतना र उत्साह थपेको छ।

































