
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको गोदावरी नगर समितिअन्तर्गत वडा नम्बर ३ को वडा अधिवेशन आज सम्पन्न भएको छ। अधिवेशनबाट जयबहादुर बोहरा सर्वसम्मत रूपमा वडा सभापतिमा चयन भएका छन्।

नवगठित वडा समितिको उपसभापतिमा चक्रबहादुर सार्की चयन भएका छन् भने सचिवको जिम्मेवारी नरबहादुर बोहरालाई दिइएको छ। त्यस्तै, सदस्यहरूमा टिकाराम कडरा, पिंकी सार्की र मिनराज भट्ट चयन भएका छन्।
रास्वपा गोदावरी नगर सभापति दिपक ओझाका अनुसार बाँकी पाँच जना सदस्यहरू समावेशी सिद्धान्तको आधारमा पछि मनोनयन गरिनेछ। उनले वडा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको बताउँदै नयाँ नेतृत्वले पार्टी संगठन विस्तार, सुशासन, पारदर्शिता र जनमुखी राजनीतिको अभ्यासमा सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरे।
अधिवेशनमा स्थानीय कार्यकर्ता तथा नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा पार्टीको नीति, उद्देश्य र आगामी कार्यदिशाबारे समेत छलफल भएको बताइएको छ। रास्वपाले गोदावरी नगर क्षेत्रमा संगठनलाई थप मजबुत बनाउँदै स्थानीय तहमा प्रभावकारी उपस्थिति जनाउने लक्ष्य लिएको छ।
































