धनगढीमा मानसिक सन्तुलन गुमाएकी बेवारिसे महिलाको उद्धार

Image
Nisarga Hospital

कैलालीको धनगढीबाट सामाजिक संस्था दृष्टि फाउन्डेसनले शनीबार बिहान मानसिक सन्तुलन गुमाएकी एक बेवारिसे महिलाको उद्धार गरेको छ। घटना धनगढी उपमहानगरपालिका वडा नम्बर ११ स्थित बेलामा भएको हो।

CP Hospital Dhangadhi

अन्दाजी ४५ वर्षकी ती महिला नग्न अवस्थामा हिँडिरहेको स्थानीयले देखेपछि तत्काल संस्था अध्यक्ष कल्पना भट्टलाई खबर गरेका थिए। भट्टसहितको टोलिले नगर प्रहरी र स्थानीयको सहयोगमा महिलालाई उद्धार गरेको थियो।

उद्धारपछि उनको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग परामर्श लिइरहेको दृष्टि फाउन्डेसनले जनाएको छ। अध्यक्ष भट्टका अनुसार, महिलाको उचित हेरचाह र मनोवैज्ञानिक सहयोग प्रदान गर्न तयारी भइरहेको छ।

स्थानीयहरू र समाजसेवीहरूको सहयोगमा भएको उद्धारले मानविय मूल्य र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ। यस घटनाले समुदायमा आपसी सहयोग र संवेदनशीलताको महत्वलाई पुनः स्मरण गराएको छ।