बुढीगंगा नगरपालिकाको भवन ठेक्कामा भ्र’ष्टाचार: पूर्वमेयर दीपक विक्रम शाहसहित १४ जनावि’रुद्ध मु’द्दा दायर

Image
Nisarga Hospital

बाजुराको बुढीगंगा नगरपालिकामा भवन निर्माण ठेक्कामा अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मेयर दीपक विक्रम शाहसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आइतबार अख्तियारले विशेष अदालत काठमाडौंमा ३ करोड २७ लाख ७८ हजार १७७ रुपैयाँ हिनामिनासम्बन्धी मुद्दा दायर गरेको हो।

CP Hospital Dhangadhi

अख्तियारका अनुसार नगरपालिकाको भवन निर्माण ठेक्कामा मिलेमतो गरी भ्रष्टाचार गर्ने उद्देश्यले पूर्वनिर्धारित र देशमै कतै नभएको योग्यता मापदण्ड तय गरिएको थियो। अमुक निर्माण व्यवसायीलाई लाभ पुग्ने गरी अनावश्यक रूपमा प्रतिस्पर्धा साँगुरो बनाइ ठेक्का प्रक्रिया अघि बढाइएको पाइएको छ। यसबाट नगरपालिकालाई ठूलो आर्थिक क्षति पुगेको अख्तियारको निष्कर्ष छ।

मुद्दामा तत्कालीन मेयर शाहसहित प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन, निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पना कुमारी ठकुल्ला, प्रशासकीय अधिकृत नरेन्द्रनाथ, शिक्षा अधिकृत जयराज न्यौपाने, इन्जिनियर पारस खाती, सब–इन्जिनियर गणेशराज रेग्मी, असिस्टेन्ट सब–इन्जिनियर भीमराज गिरी, लेखापाल नवराज जोशी, खरिदार श्यामबहादुर खत्री, प्रशासन सहायक बसन्तबहादुर थापा र ना.प्रा.स. सिद्धराज जैसी प्रतिवादी छन्।

nawajiwan
Attariya Hospital

यस्तै, जाग्रिति/एम.के./नेपाल जेभी, धनगढी कैलाली, उक्त जेभीका आधिकारिक प्रतिनिधि तथा जाग्रिति निर्माण सेवाका प्रबन्ध सञ्चालक पुष्कर रोकाया र आधिकारिक प्रतिनिधि सुरतबहादुर शाहविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

अख्तियारले प्रतिवादीहरूले आपसी मिलोमतोमा आफूलाई लाभ र नगरपालिकालाई हानी पुर्‍याउने बदनियतले काम गरेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजाय र बिगो असुलउपरको मागदाबी गरेको जनाएको छ।