शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको नेतृत्व चयन, उपकुलपति र रजिष्ट्रार नियुक्ति

Image
Nisarga Hospital

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ अनुसार गठित सिफारिस समितिको सिफारिसका आधारमा विश्वविद्यालयको नेतृत्व चयन गरिएको छ।

CP Hospital Dhangadhi


कानुनमा व्यवस्था भएअनुसार योग्यताक्रमका आधारमा उपकुलपति पदमा प्रा. सुनिल कुमार जोशी र रजिष्ट्रार पदमा डा. खेमराज जोशी नियुक्त गर्ने निर्णय गरिएको हो।
रजिष्ट्रार पदका लागि सिफारिस गरिएका अन्य दुई जना उम्मेदवारलाई ऐनबमोजिम वैकल्पिक सूचीमा राखिएको छ।

समयमै जिम्मेवारी पूरा गरेको सिफारिस समितिलाई बैठकले धन्यवाद व्यक्त गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।

nawajiwan

Attariya Hospital

रजिष्ट्रार पदका लागि सिफारिस गरिएका अन्य दुई जना उम्मेदवारलाई ऐनबमोजिम वैकल्पिक सूचीमा राखिएको जानकारी विश्वविद्यालय सभा सदस्य तथा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताएका छन् । समयमै जिम्मेवारी पूरा गरेको सिफारिस समितिप्रति बैठकले धन्यवाद समेत व्यक्त गरेको छ। उक्त निर्णय माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनको अध्यक्षतामा बसेको बैठकले गरेको हो।

यसैबीच, विश्वविद्यालय सभा सदस्य तथा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले आगामी दिनमा विश्वविद्यालयसम्बन्धी बैठकहरू गेटास्थित विश्वविद्यालय परिसरमै सञ्चालन गरिने जानकारी दिएका छन्। साथै, समयमै नयाँ नेतृत्वलाई विश्वविद्यालय टिमलाई हस्तान्तरण गरिने, ३०० शय्याको अस्पताल निर्माणसँगै MBBS अध्ययन कार्यक्रम पनि चाँडै सञ्चालनमा ल्याइने उनले बताएका छन्।

योग्यताको सम्मान, पारदर्शी प्रक्रिया र विश्वविद्यालयको संस्थागत विकासतर्फ केन्द्रित यो निर्णयलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।