नयाँ जीवन, नयाँ ऊर्जा : गोदावरी चिनाउने हुटहुटीमा अध्यक्ष राई

Image
Nisarga Hospital

प्रेम बिष्ट(टाइगर)/अत्तरिया: कैलालीको गोदावरी क्षेत्रलाई सामाजिक सेवा, युवाको एकता र सिर्जनशील गतिविधिबाट चिनाउन निरन्तर सक्रिय व्यक्ति हुन् नरबहादुर राई। लामो समयदेखि सृजनशील युवा क्लबको अध्यक्षको रूपमा नेतृत्व गर्दै आएका राईले समाजिक उत्तरदायित्वका कामलाई प्राथमिकतामा राख्दै गोदावरीलाई जिल्लामात्र होइन, देश-विदेशसम्म चिनाउन हुटहुटीको भूमिका निर्वाह गरेका छन्।

CP Hospital Dhangadhi

महा-भूकम्पको कठिन घडीमा गोदावरीका युवालाई एकताबद्ध गर्दै राहत संकलन र वितरणमा अग्रसर भएका राईले काठमाडौँमा महा-भूकम्पका बेला अलपत्र परेका विद्यार्थीहरूलाई बसको व्यवस्था गरेर सुदूरपश्चिमका विभिन्न जिल्लासम्म सुरक्षित रूपमा पुर्‍याउन महत्वपूर्ण पहल गरेका थिए। यस्तै, दार्चुलाको खलङ्गामा महाकाली नदीको बाढीले विस्थापित बनेका पीडितहरूका लागि खाद्यान्न, लत्ताकपडा तथा अन्य राहत सामग्री संकलन र वितरणमा पनि क्लबको नेतृत्व गर्दै सक्रिय भूमिका खेले।

सामाजिक सेवासँगै खेलकुद क्षेत्रमा पनि नरबहादुर राईको योगदान उल्लेखनीय छ। गोदावरी क्षेत्रबाट धनगढी प्रिमियर लिग (डीपीएल) जस्ता प्रतियोगितामा सहभागिता, अन्तर्राष्ट्रिय स्तरका खेलाडी जोन्टि रोड्स लगायतलाई सुदूरपश्चिम भित्र्याउँदै यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान दिलाउन उहाँको पहल निर्णायक रह्यो। उहाँकै कार्यकालमा गोदावरी क्षेत्रले अर्जुन ट्रफी जित्न सफल भएको थियो भने पछिल्ला वर्षहरूमा सिवाइसी लिग प्रतियोगितालाई निरन्तरता दिँदै खेलकुद संस्कृतिलाई संस्थागत बनाइएको छ।

nawajiwan
Attariya Hospital

हालै मात्र गोदावरीको अत्तरियामा भव्य रूपमा सम्पन्न सृजनशील गोदावरी सांस्कृतिक महोत्सव पनि नरबहादुर राईको नेतृत्वको अर्को महत्वपूर्ण उपलब्धि बनेको छ। महोत्सवले लाखौँ दर्शक तानेर अत्तरिया क्षेत्रको व्यापार व्यवस्थापनलाई चलायमान बनाउनुका साथै विभिन्न प्रदर्शनी, विद्यार्थी लक्षित खेल क्रियाकलाप, विद्यालयस्तरीय प्रतियोगिता, अपाङ्ग, असहाय तथा विपन्न वर्गका लागि सहयोग कार्यक्रम र राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सशक्त प्रस्तुति प्रस्तुत गर्‍यो। महोत्सव समापन समारोहमा अध्यक्ष राईले दर्शक, कलाकार, स्वयंसेवक र सहयोगी सबैप्रति आभार व्यक्त गर्दै “अर्को वर्ष अझ परिस्कृत रूपमा भेटौँला” भन्ने अध्यक्ष राई सन्देश दिए।

विशेष कुरा के छ भने, नरबहादुर राई स्वयं एक गम्भीर मुटु सम्बन्धी समस्याबाट ज्यान जोगाएर नयाँ जीवनको सुरुवात गरेका व्यक्ति हुन्। त्यो पुनर्जीवनपछि पनि उहाँले क्लबलाई अझ सशक्त बनाउँदै सुदूरपश्चिम र गाेदावरीमा युवाहरूले चाहिँदोरहेछ भन्ने उदाहरण स्थापित गरेका छन्। गोदावरीका युवालाई एकताबद्ध गर्दै “आफ्नो क्षेत्र आफैँले चिनाउनुपर्छ” भन्ने सन्देश दिन सफल राईको नेतृत्व आज गोदावरीको सामाजिक इतिहासमा एउटा प्रेरणादायी अध्याय बनेको छ। #AttariyaKailali #nepal #BreakingNews