सुदूरपश्चिम राष्ट्रियसभा निर्वाचनमा कांग्रेस–एमाले गठबन्धनको उम्मेदवारी दर्ता

Image
Nisarga Hospital

राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा कांग्रेस–एमाले गठबन्धनबाट उम्मेदवारी दर्ता भएको छ। गठबन्धनअन्तर्गत कांग्रेसबाट खम्मबहादुर खाती र एमालेबाट लीलाकुमारी भण्डारीले उम्मेदवारी दर्ता गराएका छन्। खाती पूर्वमहान्यायाधीवक्ता हुन् भने माओवादी पृष्ठभूमीकी भण्डारी पूर्वराज्यमन्त्री रहिसकेकी छन्।

CP Hospital Dhangadhi

कांग्रेस–एमाले गठबन्धनविरुद्ध नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट पनि दुई जनाले उम्मेदवारी दर्ता गराइसकेका छन्। नेकपाबाट टीकाराम जैसी र रोजी बस्नेत सुनार चुनावी मैदानमा उत्रिएका हुन्।

प्रदेशमा दुई जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ। एमालेकी शारदादेवी भट्ट र नेकपाका तारामान स्वाँरको कार्यकाल सकिन लागेपछि उनीहरूको स्थान पूर्तिका लागि निर्वाचन हुन लागेको हो।