सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनः दुई पदका लागि चार जनाको उम्मेदवारी

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमाले र नेपाली कांग्रेसले संयुक्त तालमेलअनुसार उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेसबाट खम्मबहादुर खातीले उम्मेदवारी दर्ता गराएका हुन्। उनका प्रस्तावक प्रदेश सभा सदस्य पदमबहादुर शाही र समर्थक एमालेका प्रदेश सभा सदस्य चक्रबहादुर मल्ल रहेका छन्।

CP Hospital Dhangadhi
Attariya Hospital

यस्तै, नेकपा एमालेतर्फबाट लीलाकुमारी भण्डारीले उम्मेदवारी दर्ता गराएकी छन्। उनका प्रस्तावक प्रदेश सभा सदस्य धर्मराज पाठक र समर्थक प्रदेश सभा सदस्य सन्तोषी थापा शर्मा रहेका छन्।

एमाले, कांग्रेस र जसपाबीच चुनावी तालमेल भएको छ। राष्ट्रिय सभा सदस्य निर्वाचन आगामी माघ ११ गते हुने निर्वाचन आयोगले जनाएको छ।