होटल व्यवसायी युवा जगदीश भण्डारीद्वारा सुप समावेशी विद्यालयलाई खाद्यान्न सहयोग

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–अत्तरिया क्षेत्रमा होटल व्यवसाय सञ्चालन गर्दै आएका युवा व्यवसायी जगदीश भण्डारीले अत्तरियाको सुप समावेशी आधारभूत विद्यालयमा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीहरूलाई खाद्यान्न सहयोग गरेका छन्।

CP Hospital Dhangadhi

बुधबार पर्न गएको युवा व्यवसायी भण्डारीका मामा अष्ट्रेलियामा अध्ययनरत रोशन विष्टको जन्मदिनको अवसरमा खाद्यान्न सहयोग गरिएको बताउँदै विद्यार्थीहरूको दैनिकीलाई सहज बनाउने उद्देश्यले चामल, दाल, तेल, अण्डा लगायतका खाद्यान्न सामग्री सहयोग गरेका हुन्।

Attariya Hospital

युवा व्यवसायी भण्डारीले जन्मदिनमा बाह्य फजुल खर्च कटौती गरी समाजसेवामा योगदान दिनुपर्ने सोचका साथ विद्यालयका विद्यार्थीहरूलाई सहयोग गरिएको बताए। उनले आगामी दिनहरूमा पनि यस विद्यालयलाई थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। व्यवसायी भण्डारी अत्तरियाको मनहरामा ‘होटल सुदूर’ सञ्चालन गर्दै आएका छन्।

nawajiwan