सैनिक आवासीय महाविद्यालयमा १५औँ अभिभावक दिवस सम्पन्न, शिक्षक–विद्यार्थी–अभिभावक सम्मानित

Image
Nisarga Hospital

सुदूरपश्चिमस्थित सैनिक आवासीय महाविद्यालयले मिति २०८२/०९/२४ मा आफ्नो १५औँ अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा श्री किरण के.सी., महाविद्यालय सञ्चालक समितिका अध्यक्ष उपस्थित थिए।

CP Hospital Dhangadhi

समारोहमा सैनिक, प्रहरी, शिक्षा तथा स्थानीय प्रतिनिधि, विद्यालय प्रिन्सिपल/प्राचार्य, विद्यार्थीका अभिभावक तथा छात्र–छात्रा ठूलो संख्यामा उपस्थित थिए। कार्यक्रममा महाविद्यालयको वार्षिक मुखपत्र ‘गोदावरी’को १४औँ अङ्क विमोचन गरियो। साथै उत्कृष्ट शिक्षक, कर्मचारी, सैनिक कर्मचारी, उत्कृष्ट हाउस र अभिभावकलाई पुरस्कृत गरिएको थियो।

महाविद्यालय प्रमुख अतिथिले शैक्षिक र खेलकुद क्षेत्रमा महाविद्यालयको प्रगति प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रगति गर्न शुभकामना व्यक्त गरे। कार्यक्रममा कक्षा १२ की विपिना मल्ल, कक्षा ९ का विश्वास–सदिक्षा बोहरा र कक्षा ८ की प्रेक्षा सिंहले उद्घोषण गरे भने प्रमुख व्यवस्थापक श्री खिल बहादुर राना र प्रिन्सिपल श्री सिध्देश्वर पन्तले स्वागत तथा धन्यवाद मन्तव्य प्रस्तुत गरे।

समारोहले शिक्षा, अनुशासन र समावेशी सहभागिताको महत्व उजागर गर्दै अभिभावक–विद्यालय सम्बन्ध अझ सुदृढ बनाउने अवसर प्रदान गर्यो।