कैलालीको गोदावरीमा नेपाल–भारत सीमावर्ती जिल्लाका सिडिओहरूको समन्वय बैठक सम्पन्न

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको अत्तरियामा नेपाल–भारत सीमावर्ती जिल्लाहरूका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नेतृत्वमा समन्वयात्मक बैठक सम्पन्न भएको छ। खुला सीमाका कारण उत्पन्न हुन सक्ने सीमा अपराध, शान्ति सुरक्षा चुनौती र स्थानीयस्तरका द्विपक्षीय समस्याहरूबारे छलफल गर्न तीन जिल्लाका सिडिओ तथा सुरक्षा निकाय प्रमुखहरूको नियमित बैठक आयोजना गरिएको हो।

CP Hospital Dhangadhi

बिहीबार सम्पन्न बैठकमा भारतको सीमावर्ती जिल्ला लखिमपुर खीरीका जिलाधिकारी दुर्गा शक्ति नागपाल, कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला सहभागी थिए। साथै दुवै देशका जिल्ला स्तरका सुरक्षा निकायका प्रमुखहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो।

Attariya Hospital

बैठकमा आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै खुला सीमाबाट हुन सक्ने अवाञ्छित गतिविधि, सीमा अपराध नियन्त्रण, शान्ति सुरक्षा मजबुत बनाउने उपाय तथा स्थानीयस्तरमा देखिएका द्विपक्षीय समस्याहरूको समाधानबारे गहन छलफल भएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए।

nawajiwan

यस्ता समन्वय बैठकहरूले सीमावर्ती क्षेत्रमा आपसी सहकार्य र विश्वास बढाउँदै शान्ति सुरक्षालाई सुदृढ बनाउने विश्वास गरिएको छ।