कञ्चनपुरका तीनै क्षेत्रबाट रास्वपाको सर्वसम्मत उम्मेदवार चयन

Image
Nisarga Hospital

अत्तरिया : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ। जिल्ला पार्टीका अनुसार कञ्चनपुर–१ बाट जनकसिंह धामी, कञ्चनपुर–२ बाट दीपक बोहरा र कञ्चनपुर–३ बाट ज्ञानेन्द्रसिंह महताको नाम सिफारिस गरिएको हो।

CP Hospital Dhangadhi

कञ्चनपुर–२ बाट सिफारिस भएका दीपक बोहरा रास्वपाका सचिवालय सदस्य हुन्। उनी पार्टी सभापति रवि लामिछानेका विशेष सहयोगीसमेत रहँदै आएका छन्। यसअघि रवि टेलिभिजनमा कार्यक्रम उत्पादनमा सक्रिय भूमिका निर्वाह गरेका बोहराले पछिल्ला दिनहरूमा आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित गतिविधि तीव्र बनाएका छन्। सो क्षेत्रमा अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका नेता एनपी साउद विजयी भएका थिए।

Attariya Hospital

कञ्चनपुर–३ बाट सिफारिस भएका ज्ञानेन्द्रसिंह महता पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएका नेता हुन्। उनी रास्वपा सुदूरपश्चिम प्रदेशका पूर्व इन्चार्ज तथा विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागका केन्द्रीय सचिव हुन्। कञ्चनपुर–१ बाट सिफारिस जनकसिंह धामी रास्वपाको अभियान तथा प्रचार विभागका केन्द्रीय सदस्य रहेका छन्।

nawajiwan