प्रतिनिधिसभा निर्वाचनका लागि कैलालीमा ४ हजार बढी निर्वाचन प्रहरी भर्ना गरिदै

Image
Nisarga Hospital

आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कैलाली जिल्लामा ४ हजार ९८ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार आजदेखि भर्ना प्रक्रिया सुरु गरिएको हो। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालतर्फ गरी आवश्यक संख्यामा निर्वाचन प्रहरी खटाइनेछ।

CP Hospital Dhangadhi

स्वीकृत एकीकृत कार्यविधि–२०८२ अनुसार भर्ना प्रक्रिया अघि बढाइएको र पुस २५ गतेदेखि माघ १ गतेसम्म आवेदन दिन सकिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।

Attariya Hospital

कैलालीमा ५ निर्वाचन क्षेत्र, ५ लाख ५१ हजार ५२ जना मतदाता, २३७ मतदानस्थल र ६४१ मतदान केन्द्र कायम गरिएको प्रदेश निर्वाचन कार्यालय धनगढीले जानकारी दिएको छ। निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित बनाउन आवश्यक सुरक्षाको तयारी तीव्र पारिएको जनाइएको छ।

nawajiwan