
अत्तरिया : अत्तरियामा सम्पन्न गोदावरी सांस्कृतिक महोत्सव २०८२ले स्थानीय कला, संस्कृति र युवाको ऊर्जालाई एउटै मञ्चमा जोड्दै अत्तरियालाई सांस्कृतिक गतिविधिको केन्द्रका रूपमा स्थापित गरेको छ। महोत्सव सफल बनाउन युवाहरूको समर्पण, श्रम र सिर्जनशीलता निर्णायक शक्ति बनेको आयोजकहरूले बताएका छन्। विभिन्न क्लब तथा संघसंस्थामा आबद्ध युवाहरूले व्यवस्थापन, सुरक्षा, सांस्कृतिक प्रस्तुति, स्टल सञ्चालन र समन्वयमा देखाएको सक्रियताले महोत्सवलाई अनुकरणीय बनाएको न्यू सिर्जनशील क्लबका अध्यक्ष नरबहादुर राईले बताए।


त्यसै क्रममा, स्टल संयोजक विक्रम बिष्टको भूमिका विशेष रूपमा चर्चामा रह्यो। प्रारम्भिक तयारीदेखि अन्तिम क्षणसम्म निरन्तर सक्रिय रहेका बिष्टले जिम्मेवारीलाई केवल काम होइन, अभियानका रूपमा अघि बढाए। गोदावरी क्षेत्रको कला र संस्कृतिलाई उजागर गर्ने उनको प्रयास महोत्सवभर झल्किएको थियो।
नेकपा एमालेको नगर सचिवको जिम्मेवारी सम्हालेका बिष्ट समाज रूपान्तरण र सुसंस्कृत राजनीतिमा पनि सक्रिय छन्। युवामाझ उनी अनुशासित, भरोसायोग्य र उदाहरणीय नेतृत्वको प्रतीक मानिन्छन्। सहकर्मीप्रति सहकार्य, वरिष्ठप्रति सम्मान र सामाजिक उत्तरदायित्वमा सक्रिय योगदानका कारण उनी सबैको प्रिय व्यक्तित्व बनेका छन्।
महोत्सवले स्थानीय जीवनशैली, संस्कार र युवाको ऊर्जालाई उजागर गर्दै गोदावरी क्षेत्रको सांस्कृतिक पहिचानलाई नयाँ उचाइमा पुर्याएको आयोजकहरूले बताए। युवाको सक्रिय सहभागिता, सृजनात्मक सोच र समर्पणले यस महोत्सवलाई साँच्चै गौरवमय र प्रेरणादायी बनाएको छ।































