
अत्तरियाः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कैलालीको गोदावरी नगर समिति अन्तर्गत वडा नम्बर ५ को वडा अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनबाट मायालु भट्ट वडा सभापतिमा चयन भएका छन्।

समितिको उपसभापति भरत बहादुर विष्ट, सचिव देविदत्त भट्ट चयन भए भने सदस्यमा विवेक नेपाली, कोपिला परियार, मदनराज पन्त, निर्मला भट्ट, अशोक कुमार भट्ट र मोनिका चन्द चयन भएका छन्। नगर सभापति दिपक ओझाका अनुसार अन्य २ जना सदस्य समावेशिकाको आधारमा पछि मनोनयन गरिनेछ।
अधिवेशनमा विभिन्न पार्टी परित्याग गरेर ६५ जना नयाँ सदस्यहरू रास्वपामा प्रवेश गरेका छन्। यो अधिवेशनले वडा स्तरमा पार्टीको संगठन मजबुत बनाउने र स्थानीय तहमा सक्रियतामा वृद्धि गर्ने उद्देश्य राखेको छ।
रास्वपा गोदावरी वडा ५ ले आगामी दिनमा पार्टीको नीति र कार्यक्रमलाई प्रभावकारी रूपमा लागू गर्ने अपेक्षा गरिएको छ।






























