मकर मेलामा गोदावरी नगरपालिकाको सुविधा : अत्तरिया–गोदावरी धाम निःशुल्क बस सेवा

Image
Nisarga Hospital

अत्तरिया – माघ १ गते कैलालीको गोदावरी धाममा आयोजना हुने माघी मेलाअन्तर्गत बाह्र राशि दर्शन मकर मेला २०८२ लाई लक्षित गर्दै गोदावरी नगरपालिकाले श्रद्धालु भक्तजनका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।

CP Hospital Dhangadhi

Attariya Hospital

बुधबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख वीरेन्द्र भट्टले मकर मेलाको पहिलो दिन माघ १ गते ४ वटा निःशुल्क बस सञ्चालन गरिने जानकारी दिए। बस सेवा अत्तरिया चोकदेखि गोदावरी धामसम्म सञ्चालन हुनेछ।

nawajiwan

मकर मेलाको पहिलो दिन गोदावरी धाममा भक्तजनको ठूलो भीड लाग्ने भएकाले सहज आवागमनका लागि निःशुल्क बसको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ। गत वर्ष पनि मेलाको पहिलो दिन यस्तै बस सेवा सञ्चालन गरिएको थियो।