
माघी पर्व २०८२ को अवसर पारेर कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयको अगुवाइमा गोदावरी धाम क्षेत्रमा सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। धार्मिक तथा पर्यटकीय महत्व बोकेको गोदावरी धामलाई स्वच्छ र व्यवस्थित बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न सुरक्षा निकाय र सामुदायिक संस्थाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


कार्यक्रममा नेपाली सेना देवी दल गण तेघरी, सशस्त्र प्रहरी बल नम्बर–७ वैद्यनाथ वाहिनी अत्तरिया, नेपाल प्रहरी इलाका प्रहरी कार्यालय अत्तरिया, गोदावरी सामुदायिक वन समिति, दुर्गालक्ष्मी स्काउट तथा एनसीसीका विद्यार्थी भाइबहिनीहरूको सक्रिय सहभागिता रहेको थियो। विद्यार्थीहरूको उत्साह र अनुशासनले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको सहभागीहरूको भनाइ छ।
साथै कार्यक्रम सफल बनाउन सहजीकरण गर्ने गोदावरी नगरपालिका परिवारलाई विशेष धन्यवाद व्यक्त गरिएको छ। माघी पर्वको अवसरमा गरिएको यस सरसफाइ अभियानले वातावरण संरक्षण, सामुदायिक सहभागिता र नागरिक चेतनाको सशक्त सन्देश दिएको छ। जय गोदावरी, जय नेपाल।
































