गगन थापाको नयाँ कमिटीमा सुदूरपश्चिमको बलियो उपस्थिति, ११ जना केन्द्रीय नेतृत्वमा

Image
Nisarga Hospital

नेपाली कांग्रेसका सभापति गगन थापाको नेतृत्वमा गठित नयाँ कार्यसमितिमा सुदूरपश्चिम प्रदेशबाट ११ जना समेटिएका छन्। विशेष महाधिवेशनपछि गएराति सार्वजनिक गरिएको कार्यसमितिमा सहमहामन्त्रीसहित ११ जना केन्द्रीय कमिटी सदस्य रहेका हुन्।

CP Hospital Dhangadhi

सुदूरपश्चिम १४औँ महाधिवेशनबाट निर्वाचित पूर्व सभापति शेरबहादुर देउवाको गृह प्रदेशसमेत हो। नयाँ कार्यसमितिमा बझाङका युवा नेता प्रकाश स्नेही रसाइलीले सह–महामन्त्री (पदाधिकारी) को जिम्मेवारी पाएका छन्।

Attariya Hospital

केन्द्रीय सदस्यहरूमा बझाङबाट जगत जोशी, बाजुराबाट जनक गिरी, डोटीबाट भरत खड्का र कञ्चनपुरबाट सन्तोषी ऐर साउद चयन भएका छन्। सबैभन्दा बढी सहभागिता कैलाली जिल्लाबाट देखिएको छ। कैलालीबाट सुनिता राना, निपा चोखाल, सम्झना केसी, विजय स्वार र हिमबहादुर रावल केन्द्रीय सदस्य बनेका छन्। साथै, बैतडीबाट नरेन्द्र भट्टले पनि केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेका छन्।

nawajiwan

नेपाली कांग्रेस कैलालीका उपसभापति भीम बडुवालले नयाँ समीकरणसहित बनेको कार्यसमितिमा सुदूरपश्चिमको सम्मानजनक र प्रभावशाली उपस्थिति रहेको बताएका छन्।