आठ वर्षको बेवास्ता: कञ्चनपुरका सडक योजना अलपत्र, प्रदेश सरकारको बजेट बालुवामा पानी

Image
Nisarga Hospital

कञ्चनपुरका विभिन्न पालिकामा सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरेका दर्जनौँ सडक पूर्वाधार योजना वर्षौंदेखि अलपत्र परेका छन्। पूर्वाधार विकास कार्यालय कञ्चनपुरमार्फत ठेक्का सम्झौता भएका प्रदेश सरकारका सडक योजनाहरू निर्माण व्यवसायीको लापरबाहीका कारण विगत आठ वर्षदेखि अधुरा अवस्थामा रहेका हुन्। आर्थिक वर्ष २०७४ मा सम्झौता भएका दुई दर्जनभन्दा बढी सडक अझै निर्माण सम्पन्न हुन सकेका छैनन्।

CP Hospital Dhangadhi

बेदकोट नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्गको दैजीदेखि डडेल्धुरा जिल्लाको सिमाना लिप्नासम्मको १२ किलोमिटर सडक यसको ज्वलन्त उदाहरण हो। २०७४ वैशाख ८ गते नार्गाजुन कन्स्ट्रक्सनसँग २१ करोड २६ लाख रुपैयाँमा ठेक्का सम्झौता भए पनि हालसम्म पाँच किलोमिटर मात्रै कालोपत्र भएको छ। पाँच पटकसम्म म्याद थप हुँदा पनि निर्माणले पूर्णता पाएको छैन।

Attariya Hospital

यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा ठेक्का भएको बंक पहरिया–दोमिल्ला सडक तथा सन्तोषी–थेगिम सडक योजना पनि अलपत्र छन्। जिल्लाका नौ वटै स्थानीय तहमा सडक कालोपत्रे र मर्मतसम्बन्धी २४ योजना समयमा सम्पन्न नहुँदा स्थानीयवासी समस्यामा परेका छन्।

nawajiwan

पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख पदम मडैले निर्माण व्यवसायीको अटेरी प्रवृत्तिले विकास निर्माण प्रभावित भएको जनाउँदै अब कानुनअनुसार कडा प्रक्रिया अघि बढाइने चेतावनी दिएका छन्।