
आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको प्रभावकारी सञ्चालन र व्यवस्थापनको लागि निर्वाचन आयोगले आज देशभर सवै १६५ निर्वाचन क्षेत्रमा अधिकृत कार्यालय स्थापना गर्न थालेको छ।

प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारी ६ माघमा हुने भए पनि, आयोगले त्यसअघि नै सम्बन्धित निर्वाचन क्षेत्रका लागि कर्मचारी खटाएर तयारी थालिसकेको छ। प्रत्येक जिल्लामा ७७ जना मुख्य निर्वाचन अधिकृत र ८८ जना निर्वाचन अधिकृत तोकिएका छन्। मुख्य अधिकृतको जिम्मेवारी जिल्ला न्यायाधीशहरूले पाएका छन् भने बाँकी निर्वाचन अधिकृत न्याय सेवाका द्वितीय श्रेणीका अधिकारीहरूबाट नियुक्त भएका छन्।
निर्वाचन अधिकृतहरूले उम्मेदवारी मनोनयनदेखि मतदान, मतगणना र नतिजा सार्वजनिक गर्नुसम्मको सम्पूर्ण जिम्मेवारी सम्हाल्नेछन्। जनशक्ति आवश्यकताका लागि जिल्लास्थित सरकारी कार्यालयबाट सहयोग लिइनेछ।
कैलालीको क्षेत्र नं. ४ मा पनि आज बिहान १० बजे गोदावरी–१ स्थित कृषि तथा पशुपन्छी सेवा केन्द्र नजिक कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ।
निर्वाचन अधिकृतहरूको २८–२९ पुसमा काठमाडौँ, विराटनगर, चितवन र नेपालगन्जमा प्रशिक्षण सम्पन्न भइसकेको छ।






























